२०८३ असोज २३ गते शुक्रबार

पोखरामा असार २७ गतेदेखि खुला फुटसल प्रतियोगिता हुँदै

पोखरामा असार २७ गतेदेखि खुला फुटसल प्रतियोगिता हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २२ गते आइतबार ०७:५३

पोखरा । पोखरामा असार २७ गतेदेखि खुला फुटसल प्रतियोगिता हुने भएको छ । ‘खेलकुद युवाको शक्ति हो’ भन्ने नाराका साथ बक्स पोखराले पोखरा रंगशालास्थित कभर्डहलमा उक्त प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको विजेताले एक लाख ७० हजार...

पोखरा ।

पोखरामा असार २७ गतेदेखि खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

‘खेलकुद युवाको शक्ति हो’ भन्ने नाराका साथ बक्स पोखराले पोखरा रंगशालास्थित कभर्डहलमा उक्त प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताको विजेताले एक लाख ७० हजार र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

सर्वोकृष्ट खेलाडीलाई ७ हजार, उदीयमान खेलाडी, उच्च गोलकर्ता र सर्वाेकृष्ट गोलरक्षकलाई ६ हजार बराबरको १ महिने सदस्यता प्रदान गरिने छ ।

सहभागिताका लागि ९ हजार दर्ता शुल्क तोकिएको छ । २५ देखि ३० टोली सहभागी हुने आयोजकको विश्वास छ ।

युवाहरुलाई स्वस्थ जीवनशैली, सकारात्मक सोच र समुदायप्रति जिम्मेवारी नागकिर बन्न प्रेरणा दिने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले जानकारी दिए ।

यसले स्थानीय र राष्ट्रिय खेलाडीहरुबिच नेटवर्किङ र सिकाइको अवसर प्रदान गर्ने उनको विश्वास छ । प्रतियोगिता असार २९ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति २०८२ असार २२ गते आइतबार ०७:५३

हजुरको प्रतिक्रिया