२०८३ असोज २३ गते शुक्रबार

पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न

पोखरामा क्लबस्तरीय भलिबलः लिग चरणका तीन खेल सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २५ गते बुधबार ०९:१४

पोखरा । पोखराको नदिपुरमा मंगलबारदेखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणका तीनवटा खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत लिग चरणकाे खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले...

पोखरा ।

पोखराको नदिपुरमा मंगलबारदेखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणका तीनवटा खेल सम्पन्न भएका छन् ।

प्रतियोगिता अन्तर्गत लिग चरणकाे खेलमा घान्द्रुक क्रोम्छे, आधिखोला न्यू दिल्ली र ढुङ्गे देउराली क्लबले विजयी सुरुवात गरेका छन् । लिगचरणको पहिलो खेलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–१६, २५–१४ र २५–१७ ले पराजित ग¥यो । घान्द्रुकले पहिलो खेलमा ३  अङ्क जोड्यो ।

दोस्रो खेलमा आँधीखोला न्यू दिल्लीले एपिएफ पोखरालाई ३–१ को सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २६–२८ ले गुमाएको आँधीखोलाले दोस्रो सेटमा २५–२३ ले जित्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २८–२६ले जितेको आँधीखोलाले चौथो २५–२० ले जित्यो ।

पहिलो खेलमा जित निकालेको आधिखोलाले ३ अङ्क जोडेको छ ।

यस्तै तेस्रो खेलमा ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले ठकुरी समाज तनहुँलाई पराजित ग¥यो । ढुङ्गे देउरालीले ठकुरी समाजलाई ३–२ को सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२३ ले जितेपनि ढुङगे देउराले दोस्रो सेट २२–२५ र तेस्रो सेट २२–२५ ले नै गुमायो । चौथो सेटमा २५–१८ ले पूनरागमन गर्दै पाँचौ तथा निर्णायक सेट १५–१३ ले जित्यो ।

ढुङ्गे देउराली क्लब पौवेगौवे स्यङ्जाले लिग चरणको पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा जित निकाल्दै २ अङ्क जोडेको छ । यस्तै पराजित भएपनि ठकुरी समाजले १ अङ्कले जोडेको छ ।

मंगलबार नै सम्पन्न भेट्रान्स तर्फको पहिलो खेलमा माछापुच्छ्रे गाउँपालिकाले विजयी सुरुवात गरेको छ । माछापुच्छ्रे गाउँपालिकाले जिएम ब्रोडर्स लामाचौरलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित ग¥यो ।

पहिलो सेट १९–२५ ले गुमाएको माछापुच्छ्रेले दोस्रो सेटमा उत्कृष्ट पूनरागमन ग¥यो । दोस्रो सेटमा एक समय ११–२० ले पछाडि परेको माछापुच्छ्रेले २४–२४ को बराबरी गर्दै ३१–२९ को जित निकाल्यो । तेस्रो तथा निर्णायक सेट २५–२१ ले माछापुच्छ्रेले जित्यो ।

लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बुधबार बाँकी रहेका लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए । प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविनको आधारमा सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन भएको छ ।

 

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०९:१४
हजुरको प्रतिक्रिया