२०८३ साउन २१ गते बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०९:३३

यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको कार्यालयले जनाएको छ ।

पोखरा ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको अध्यागमन कार्यालयले एक सूचनामार्फत् जानकारी गराएको हो ।

कार्यालयका अनुसार अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अरु सजावटी वस्तु प्रयोग गर्न पाइने छैन ।

यस्तै कुनै समूह, संगठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको परिचय झल्काउने पहिरन, टोपी, ब्याच वा अरु पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०९:३३
हजुरको प्रतिक्रिया