२०८३ साउन २१ गते बिहीबार

नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०२:५९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल औषधि लिमिटिडले उत्पादन गर्ने औषधिहरू जिटुजी माध्यमबाट खरिद गर्नेगरी सम्झौता गर्ने तयारी गरेको छ। शुक्रवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको...

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल औषधि लिमिटिडले उत्पादन गर्ने औषधिहरू जिटुजी माध्यमबाट खरिद गर्नेगरी सम्झौता गर्ने तयारी गरेको छ।

शुक्रवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यसबारे जानकारी गराइएको हो। समितिको बैठकमा शुक्रवार २०८२ असार १८ गते गरेको नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरेको हो।

छलफलका क्रममा बोल्दै स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति तथा योजना अनुगमन महाशाखा प्रमुख डा।कृष्ण पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल औषधि लिमिटेडसँग त्यहाँ बन्ने औषधिहरू जिटुजी मोडलमा खरिद गर्नेगरी एमओयु गर्ने तयारीमा रहेको बताए। उनले औषधि बनाउने ठाउँमै गुणस्तर नभए स्वस्थपरक औषधि दिन नसकिने बताए। अनुगमन नभएका कारणले पनि गुणस्तरमा सुधार आउन नसकेको अवस्थाहरू रहेको जिकिर गरे।

हप्तामा ६५० रुपैयाँको कस्तो खाना आउँछ ?

खाद्य गुणस्तर निरीक्षक ईश्वर सुवेदीले खाद्यमा सम्झौता गर्न नहुने बताए। उनले भान्सामा सम्झौता गर्दा अस्वस्थताका साथै दीर्घकालीन असर पर्ने भएकाले त्रिभुवन विश्वविद्यालय, किर्तिपुर स्थित छात्राबासको मेसमा विशेष ध्यान दिन जरुरी रहेको बताए। विश्वको नाम चलेको विश्वविद्यालयमा कुनै पनि बेला खानेकुराका कारण हुने समस्याले देशको छवि नै मेटिने बताए।
त्रिभुवन विश्वविद्यालयको छात्रावासमा बस्ने विद्यार्थीले प्रतिहप्ता ६५० देखि ७५० को खाना खाने गरेको पाइएको भन्दै हप्तामा खाने ७५० सम्मको खानाको कस्तो गुणस्तरको छ भन्ने प्रश्न उठेको बताए। समितिले असार १८ गते गरेको नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमन गरेको थियो।

आज विज्ञहरूलाई बोलाएर त्यसबारे समीक्षा गर्दै सुझाव लिएको हो।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०२:५९
हजुरको प्रतिक्रिया