२०८३ साउन २१ गते बिहीबार

आमाको नामबाट नागरिकता पाउने कानूनी आधार तय गर्न नागरिकता विधेयक संशोधनः गृहमन्त्री लेखक

आमाको नामबाट नागरिकता पाउने कानूनी आधार तय गर्न नागरिकता विधेयक संशोधनः गृहमन्त्री लेखक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २७ गते शुक्रबार ०४:४७

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको...

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असहयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पारे । उनले गृहमन्त्री लेखकले नागरिकता नहुनु अत्यन्त पीडादायी अवस्था भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकारले विधेयकमा विभिन्न प्रस्तावहरू समावेश गरेको पनि बताएका छन् । वर्तमान व्यवस्था अनुसार बाबु र आमा दुबै नेपाली नागरिक भएमा मात्र सन्तानले वंशजको नागरिकता पाउने र आमा विदेशी भएमा सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था रहेको उनले स्मरण गराए । संविधानको व्यवस्था परिवर्तन नगरी नागरिकता ऐन संशोधन गर्दा कानूनी जटिलता आउने भएकाले सावधानीपूर्वक विधेयक पारिएको उनको भनाइ छ ।

गृहमन्त्री लेखकले भोलीको दिनमा आमाले सन्तानलाई नागरिकता लिने प्रक्रियामा असहयोग गरेको खण्डमा बाबुको नामबाट मात्रै नागरिकता पाउन सकिने व्यवस्था समेत गर्न सकिने बताएका छन् ।

प्रकाशित मिति २०८२ असार २७ गते शुक्रबार ०४:४७
हजुरको प्रतिक्रिया