२०८३ असोज २३ गते शुक्रबार

क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि

क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २९ गते आइतबार ०९:२५

यस्तै प्रतियोगिताको विधागतर्फ खेलाडी सञ्जुु विक्रम शाह, स्पाइकर उमेश सेञ्चुरी, मिडल ब्लकर सुगम सुनार, डिफेन्डर राजन दलार्मी, सेटर विवश आले, सर्भर मिलन राना, उदियमान खेलाडी ढुंगेदेउरालीका सुप्रिम भुजेल र प्रशिक्षक विक्रम कार्की उत्कृष्ट घोषित हुँदै ट्रफी प्राप्त गरेका छन् ।

पोखरा ।

पोखराको नदिपुरमा सम्पन्न क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ उपाधि आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लबस्तरीय तर्फ आधिखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

आधिखोलाले पहिलो सेट २५–१७ ले जितेपनि प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२२ ले जित्दै तेस्रो संस्करणको उपाधि हात पार्न सफल भयो ।

उपाधिसंगै आधिखोलाले १ लाख २५ हजार र उपविजेता घान्द्रुकले ७५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गरेको छ ।

यस्तै भेट्रान्सतर्फ पोखरा भेट्रान्सले युनाइटेड किङ्स पोखरा भेट्रान्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पोखराले युनाइटेडविरुद्ध २५–१६, २५–१४ र २५–१६ ले जित्यो । उपाधिसंगै पोखराले ५० हजार र उपविजेता भएको युनाइटेड किङ्सले २५ हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै क्लबस्तरीयतर्फ एपिएफ पोखराले ढुंगेदेउराली स्याङ्जालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

एपिएफले ढुंगेदेउराली लाई २५–१२, २५–१८ र २५–१९ ले जित्दै प्रतियोगितामा तेस्रो भयो । एपिएफले ३० हजार र सान्त्वना भएको ढुंगेदेउरालीले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगिताको विधागतर्फ खेलाडी सञ्जुु विक्रम शाह, स्पाइकर उमेश सेञ्चुरी, मिडल ब्लकर सुगम सुनार, डिफेन्डर राजन दलार्मी, सेटर विवश आले, सर्भर मिलन राना, उदियमान खेलाडी ढुंगेदेउरालीका सुप्रिम भुजेल र प्रशिक्षक विक्रम कार्की उत्कृष्ट घोषित हुँदै ट्रफी प्राप्त गरेका छन् ।

भेट्रान्सतर्फको उत्कृष्ट खेलाडी बनेका समेश केसीले ट्रफी प्राप्त गरे ।

असार २४ देखि सञ्चालन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा क्लबस्तरीयतर्फ ५ र भेट्रान्सतर्फ १० टिमको सहभागिता थियो ।

प्रकाशित मिति २०८२ असार २९ गते आइतबार ०९:२५
हजुरको प्रतिक्रिया