२०८३ असोज २६ गते सोमबार

नेकपा एमालेको केन्द्रीय विभागहरूको संयुक्त भेला आज

नेकपा एमालेको केन्द्रीय विभागहरूको संयुक्त भेला आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २९ गते आइतबार ०९:४३

आगामी भदौ २० गतेदेखि २२ सम्म आयोजना गरिने पार्टीको दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा भेला आयोजना गरिएको हो ।

पोखरा ।

नेकपा एमालेले आज केन्द्रीय विभागहरूको संयुक्त भेला गर्दैछ ।

आगामी भदौ २० गतेदेखि २२ सम्म आयोजना गरिने पार्टीको दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा भेला आयोजना गरिएको हो ।

भेला दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुनेछ ।

सो भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूको उपस्थिति अनिवार्य रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

प्रकाशित मिति २०८२ असार २९ गते आइतबार ०९:४३
हजुरको प्रतिक्रिया