२०८३ साउन २१ गते बिहीबार

बढ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

बढ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २९ गते आइतबार १२:४०

काठमाण्डौ । सुनको भाउ आइतबार एक हजार एक सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको एक...

काठमाण्डौ ।

सुनको भाउ आइतबार एक हजार एक सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ६५ रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार दुई सय २० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति २०८२ असार २९ गते आइतबार १२:४०
हजुरको प्रतिक्रिया