२०८३ साउन २१ गते बिहीबार

दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश

दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३० गते सोमबार ०१:३७

काठमाडौं . निर्माण शुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ । राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको...

काठमाडौं .

निर्माण शुरु भएको लामो समय बित्दा समेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।

राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरू बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् ।

त्यति मात्रै नभई राजमार्गका होटलहरूमा चहलपहल ह्वात्तै घटेको छ । सडककै कारणले पहिलेको तुलनामा आधा भन्दा बढि व्यापार सुकेके व्यापारीहरू बताउँछन् ।

दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आएका पदमबहादुर पोखरेलले विगत पाँच/सात jर्षदेखि धुलो धुवाँ प्रदूषण झेल्नुपरेको बताउनु भयो । उgकाअनुसार बाटोले गर्दा व्यापार चौपट छ ।

होटल व्यवसायी पोखरेलले eg]–‘बाटो समयमै नसकिदाँ अहिले यो बाटो गाडीहरु चल्नै छाडेका छन् । सुनसान छ । पहिला होटलमा गनिसाध्यै नहुने गरी मान्छे आउँथे । मान्छे अलि कम आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले सडकको पहिलेको तुलनामा केही काम त भएको छ । अहिलेकै गतिमा काम भयो भने त अर्को वर्ष पुरा हुन्छ की जस्तो लाग्छ ।’

 

व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले छिटो भन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताए । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइ रहेपनि तीब्र हुन नसक्नुमा व्यवसायीको आ—आफ्नै समस्या रहेको बताउँछन् । उनले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषी रहेको बताउँछन् ।

महासचिव दाहालले eg]–‘निर्माण व्यवसायीहरुको आ—आफ्नै समस्या छ । राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिदाँ व्यवसायी अझ समस्या फसेका हुन् । ठाउँठाउँमा सिंहदरबार राज्यले भनिरहेको अवस्थामा तर उनीले गर्नुपर्ने सेवा र संरचना निर्माण गर्दा होस् नपु¥याएका कारणले सम्पूर्ण निर्माण कार्य ढिला भएको छ र नागरिकलाई गाह्रो परेको हो ।’

उनकाअनुसार निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्छ । निर्माणको काम द्रुत बनाउने वातावरण बनाइदिनुपर्छ ।

प्रकाशित मिति २०८२ असार ३० गते सोमबार ०१:३७
हजुरको प्रतिक्रिया