२०८३ साउन २१ गते बिहीबार

सरकारले संसदलाई विचौलियाको खेल मैदान बनाउँदै कुशासनको पहाड ठड्यायोः अध्यक्ष दाहाल

सरकारले संसदलाई विचौलियाको खेल मैदान बनाउँदै कुशासनको पहाड ठड्यायोः अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३० गते सोमबार ०२:४३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलहरू मिलेर बनेको सरकारले संसदलाई विचौलियाको खेलमैदान बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष...

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलहरू मिलेर बनेको सरकारले संसदलाई विचौलियाको खेलमैदान बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।

संसदलाई बिचौलियाको खेलमैदान बनाइनु देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको उनको टिप्पणी छ ।

उनले वर्तमान सुशासनको डरले बनेको सरकार भएको पनि टिप्पणी गरे । वर्तमान सरकारले संख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाउँदै सरकार बिचौलियाको पक्षमा छ भन्ने कुरा आम नागरिक र सत्तारुढ दलकै नेताहरुको भाषा बन्न पुगेको उनको टिप्पणी छ ।

उनले भने, ‘दुई ठूला दल मिल्दा जस्तो गरेपनि हुन्छ भन्ने निरङ्कुशतावादी सोच बोकेर संसदको जसरी हुर्मत लिइएको छ र कथित दुई दलको अहंकारले सार्वभौम संसदलाई समेत बिचौलियाहरुको खेल मैदान बनाइँदैछ । यो देश र नेपाली जनताको लागि दुर्भाग्यपूर्ण र खेदजनक छ ।’

उनले संसदीय समितिबाट विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेपभएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति २०८२ असार ३० गते सोमबार ०२:४३
हजुरको प्रतिक्रिया