काठमाडौ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रविधिअनुसार साहित्यिक पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् ।
मंगलवार नेपाल साहित्यिक पत्रकार संघको १९ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले साहित्यिक पत्रकारिताको मात्रै नभइ समाचार पत्रपत्रिकामा पनि प्रविधिसँगै चुनौति आइरहेको उल्लेख गरे ।
अब विस्तारै पत्रपत्रिका र साहित्यिक पत्रकारितालाई डिजिटलाइज गर्न जरुरी रहेको उनको भनाई छ ।
अब कागजको सुगन्धबाट च्युत हुने स्थिति निर्माण भइरहेको उनले बताए ।
कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै गइरहेको उनले जिकिर गरे ।
साहित्यिक पत्रकारिताको इतिहास भुल्न नहुने पनि उनले बताए ।
उनले भने , ‘साहित्यिक पत्रकारिताको मात्रै होइन समाचार पत्रपत्रिकाको पनि समस्या भइरहेको छ । विस्तारै विस्तारै अहिलेको प्रविधिको युगअनुसार एआईको युगअनुसार विस्तारै सबैकुरा डिजिटलाइज नगरी नहुने स्थिति भइसकेको अवस्था छ । विस्तारो विस्तारो हामीले कागजको सुगन्धबाट च्युत हुनुपर्दैछ । कागजसँग टाँसिएको मानिसको श्रमसँग विस्तारै विस्तारै च्युत हुँदै जानुपरिरहेको छ । हामीले कागजबाट अब विद्युतमा सर्नुपर्दैछ । यो चुनौति हामी सबैमा छ । साहित्यिक पत्रकारिताको इतिहास भुल्नु हुँदैन । अहिलेको डिजिटल युगअनुसार चल्नुपर्ने अवस्था अवश्य छ । तर इतिहास भुल्नु हुँदैन ।’
कुलपति राईले मानिसँग आँशु हुन्जेलसम्म मानिसले कविता लेख्ने बताए ।




