२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०९:०३

समूह दशमा रहेका सांसदहरूलाई यही साउन २ गते दिउँसो १ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन सभामुख घिमिरेले आग्रह गरेका छन् ।

काठमाडौं ।

प्रतिनिधि सभा बैठकमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ ।

समूह दशमा रहेका सांसदहरूलाई यही साउन २ गते दिउँसो १ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गरेका छन् ।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन् ।

 

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०९:०३
हजुरको प्रतिक्रिया