२०८३ असोज २५ गते आइतबार

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा न्यौपानेको शपथ आज

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा न्यौपानेको शपथ आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०९:४४

राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो तीन बजे शपथ हुने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
शपथसँगै मन्त्री न्यौपानेले आजै कार्यभार सम्हाल्ने तयारी छ ।

पोखरा ।

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज हुँदैछ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो तीन बजे शपथ हुने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

शपथसँगै मन्त्री न्यौपानेले आजै कार्यभार सम्हाल्ने तयारी छ ।

घुस प्रकरणमा मुछिएपछि यसअघिका मन्त्री राजकुमार गुप्ताले हिजो राजीनामा दिएका थिए ।

लगत्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजै न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित न्यौपाने पछि राष्ट्रियसभा सदस्य बनेकी थिइन् ।

न्यौपानेको ६ वर्षे कार्यकाल भने आगामी फागुनमा सकिँदैछ ।

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०९:४४
हजुरको प्रतिक्रिया