किसानलाई समेत आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सघाउने उदेश्य
म्याग्दी ।
रैथाने उत्पादनलाई प्रवासमा रहेका म्याग्देलीमार्फत विश्व बजारमा लैजान प्रवासी म्याग्देलीले म्याग्दीको बेनी नगरपालिका–८, गणेशटोलमा संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् ।
प्रवासी म्याग्देलीको अगुवाईमा स्थापित मोना म्याग्दी डेभलपमेन्ट कम्पनीले जिल्लाभित्र उत्पादन हुने अर्गानिक उत्पादन संकलन, प्रशोधन, प्याकेजिङ गरी बिक्री सुरू गरेको हो ।

म्याग्दीको अर्गानिक उत्पादनलाई विश्वभर रहेका म्याग्देलीमार्फत बिक्री गरी किसानलाई समेत आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सघाउने उदेश्यले स्थापित कम्पनीले संकलन केन्द्रमा जिल्लामा पाइने सबै अर्गानिक साम्रागीहरू राखेर बिक्री गर्ने कम्पनीका सञ्चालक शिवकुमार बरुवालले बताए ।

म्याग्दीका किसानले उत्पादन गरेका अर्गानिक सामानलाई उचित मुल्य दिएर खरिद गर्ने, माटो सुहाउँदो उत्पादनका लागि विउपुँजी दिने, विभिन्न तालिम तथा प्रोत्साहनका कार्यहरु गर्ने समेत कम्पनीको योजना छ ।
अर्गानिक उत्पादन गर्न मोनाले किसानमा लगानी गर्ने, बाँझो जमिन भाडामा लिने र आर्थिक अवस्था कमजोर भएकाहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न आवश्यक सहयोग गर्ने जनाइएको छ ।
मोनाको अर्गानिक पसलमा सिस्नुको धुलो, ढकायो, भटमास, टिम्मुर संकलन भएको छ भने भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल,लगायत विभिन्न उत्पादनहरू संकलन भइरहेका छन् ।

मोना अन्तराष्ट्रि«यका संस्थापक अध्यक्ष तेजप्रकाश पुन अध्यक्ष, सञ्चालकहरुमा मोना अन्तराष्ट्रि«यका अध्यक्ष ददीवल खड्का, शिवकुमार बरुवाल, बिक्रम कार्की, राम खड्का रहेका छन् ।





