गोरखा ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ गोरखाको अध्यक्षमा शिवराम श्रेष्ठ चयन भएका छन्।
गोरखा सदरमुकाममा आज सम्पन्न भेलाले उनलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाएको हो।
नेपाली काँग्रेसको पार्टी कार्यालयमा सम्पन्न भेलाले उपाध्यक्षमा तुलबहादुर गुरुङ ९गोरखा नपा–९० चयन गरेको छ। प्रतिनिधिसभा क्षेत्र नं। १ को अध्यक्षमा प्रकाश गुरुङ ९गण्डकी गापा–२० र क्षेत्र नं। २ को अध्यक्षमा प्रविण गुरुङ ९अजिरकोट गापा–४० चयन भएका छन्।
भेलाले संघको पूर्ण संरचना साउन १३ गते बृहत भेलामार्फत टुंगो लगाउने निर्णय गरेको छ।
केन्द्रीय प्रतिनिधिका रूपमा क्षेत्र नं। १ बाट रमेश गुरुङ ९आरुघाट गापा–२०, दिपेन्द्र श्रेष्ठ गोरखा नपा–६० र स्मृती गुरुङ शहिदलखन गापा–६० चयन भएका छन्। क्षेत्र नं। २ बाट प्रेम तामाङ अजिरकोट गापा–४०, हरीकुमार थापा सिरानचोक गापा–६० र सुनिता गैरै रम्तेल सिरानचोक गापा–१० निर्वाचित भएका छन्।
नव(निर्वाचित पदाधिकारीहरूलाई काँग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले खादा ओढाएर सम्मान गरेका थिए।
नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली काँग्रेसको भातृ संगठन हो, जसले खेलकुद क्षेत्रको विकाससँगै लोकतान्त्रिक मूल्य अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ।
प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०४:३२




