२०८३ साउन २१ गते बिहीबार

एमाले सचिवालय बैठक : ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित

एमाले सचिवालय बैठक : ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३ गते शुक्रबार ०८:५८

एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहने र पदाधिकारीको संख्या १५ जना रहने प्रस्ताव आज बस्ने पोलिटब्युरो बैठकमा पेस गर्ने निर्णय भएको छ ।
विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको हो ।

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ ।

बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकमा आसन्न विधान राष्ट्रिय महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेस गरेर ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउन प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहने र पदाधिकारीको संख्या १५ जना रहने प्रस्ताव आज बस्ने पोलिटब्युरो बैठकमा पेस गर्ने निर्णय भएको छ ।

विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको हो ।

त्यस्तै पार्टीमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह कायम रहनेछ ।

प्रस्तावित नयाँ संरचनाअनुसार केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र त्यसको एकतिहाइ अर्थात् ८४ जना पोलिटब्युरोमा रहने प्रस्ताव गरिएको छ ।

सचिवालयको व्यवस्थालाई हटाउने गरी पदाधिकारी नै स्थायी कमिटीको रूपमा काम गर्ने प्रस्ताव गरिएको छ ।

सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पदलाई विधानबाट हटाउने प्रस्तावमा पनि सहमति जुटेको नेताहरुले बताएका छन् ।

सचिवालयबाट पारित भएको प्रस्ताव आज बस्ने पोलिटब्युरो बैठकमा पेश हुनेछ ।

त्यसपछि साउन ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठकले त्यसमा छलफल गर्नेछ ।

पोलिटव्युरो र केन्द्रीय कमिटीमा छलफल भएर भदौमा बस्ने विधान महाधिवेशनले प्रस्ताव पारित गरेपछि ११ औ महाधिवेशनबाट कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार ०८:५८
हजुरको प्रतिक्रिया