२०८३ असोज २३ गते शुक्रबार

नेपाली महिला भलिबल इतिहासमा पहिलोपटक खेलाडीमाथि बोलकबोल

नेपाली महिला भलिबल इतिहासमा पहिलोपटक खेलाडीमाथि बोलकबोल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३ गते शुक्रबार ०८:१२

यसअघि सबै टोलीको एकएक मार्की खेलाडी छानेका थिए ।

काठमाडौं ।

एभरेष्ट महिला भलिबल लिग इडब्लुभीएलको ऐतिहासिक अक्सन काठमाडौंमा सम्पन्न भएको छ ।

सबै ६ टोलीले बोलकबोलमार्फत विभिन्न क्याटेगोरीबाट खेलाडी अनुबन्ध गरेका छन् । यसअघि सबै टोलीको एकएक मार्की खेलाडी छानेका थिए । मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना छिन् ।

अक्सनबाट ए क्याटेगोरीमा आरती सुवेदीलाई अनुबन्ध गरेको छ । बीबाट कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट अनुबन्ध भएका छन् । सीबाट बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना अनुबन्ध भए ।

कर्णाली यशविस मार्की खेलाडी सुमित्रा रेग्मी छिन् । अक्सनबाट ए क्याटेगोरीबाट सफिया पुन अनुबन्ध भइन् । बीबाट रश्मित दुरा, जश्ना महतो पुजा थारु अनुबन्ध हुँदा सीबाट नेबिका चौधरी, रेबिका लामा तमु, एलिशा भोजु अनुबन्ध भए ।

पोखरा निन्जाज मार्की खेलाडी प्रगति नाथ छिन् । एबाट पुनम चन्द, बीबाट मिना सुनार, सुनिता खत्री र गरिमा बोहरा तथा सीबाट एन्जिला प्रधान, निशा महर र भावना तामाङ अनुबन्ध भए ।

ललितपुर क्विन्सको मार्कीमा सलिना श्रेष्ठ छिन् । क्याटेगोरी एबाट संगम महतो अनुबन्ध भइन् । बीबाट लक्ष्मी चन्द, सुनिता राई र सलिना बुढामगर तथा सीबाट निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी अनुबन्ध भए ।

काठमाडौं स्पाइकर्सको मार्की खेलाडीको रुपमा उषा भण्डारी छिन् । एबाट कबिता भट्ट र बीबाट मनिषा चौधरी, यमुना रसाइली र रिमा कुँवर अनुबन्ध भए । काठमाडौंले सीबाट बाल्मिका आचार्य, कमला पुन र आशिका क्षेत्री अनुबन्ध ग¥यो ।
लुम्बिनी लाभाजको मार्की खेलाडी अरुणा शाही छिन् । एबाट कामना विष्ट अनुबन्ध भइन् । बीबाट एलिशा मानन्धर, शान्तिकला तामाङ र जेनिशा बिक तथा सी क्याटेगोरीबाट रोमा महतो, रञ्जना भोटो, अनुशा चौधरी अनुबन्ध भए ।

प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार ०८:१२
हजुरको प्रतिक्रिया