२०८३ साउन २१ गते बिहीबार

काभा मेन्स् च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोट्र्स क्लबको लगातार दोस्रो जित

काभा मेन्स् च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोट्र्स क्लबको लगातार दोस्रो जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ४ गते शनिबार ०९:१२

माल्दिभ्समा जारी च्याम्पियन्स लिगअन्तर्गत हिजो राति भएको दोस्रो खेलमा नेपाली टोली हेल्प नेपालले घरेलु टोली क्लब एचडिसीलाई ३–१ को सेटले हराएको छ ।
शुरुवाती दुई सेट जितेको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो भने चौथो सेटमा खेलमा फर्कन सफल भयो ।

क्लब एचडिसीलाई ३–१ को सेटले हरायो

पोखरा ।

नेपाली च्याम्पियन टोली हेल्प नेपाल स्पोट्र्स क्लबले काभा मेन्स् च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

माल्दिभ्समा जारी च्याम्पियन्स लिगअन्तर्गत हिजो राति भएको दोस्रो खेलमा नेपाली टोली हेल्प नेपालले घरेलु टोली क्लब एचडिसीलाई ३–१ को सेटले हराएको छ ।

शुरुवाती दुई सेट जितेको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो भने चौथो सेटमा खेलमा फर्कन सफल भयो ।

पहिलो सेटमा एचडिसीलाई हेल्प नेपालले २५–१९ ले पाखा लगायो । दोस्रो सेट भने केही रोमाञ्चक बनेको थियो । तर, घरेलु टोलीलाई २३ मै रोक्दै हेल्प नेपालले २–० को अग्रता लियो ।

तेस्रो सेट भने हेल्प नेपालको कमजोर रह्यो । उक्त सेट नेपालले १९–२५ ले गुमायो ।

योसँगै एचडिसीले पुनरागमन गर्ने मौका पायो तर, २२ अंकमा नै रोक्दै हेल्प नेपालले खेल ३–१ को सेटमा खेल आफ्नो पक्षमा पा¥यो ।

यसअघि हेल्प नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सकै क्लब धिवेही सिफाइन्गे क्लबलाई ३–२ को  सेटमा पराजित गरेको थियो ।

सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काजकिस्तान, किर्गिस्तान, श्रीलंका, नेपाल र माल्दिभ्सका क्लबको सहभागिता छ । से

न्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविनको आधारमा भइरहेको छ ।

प्रतियोगितामा शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

यो प्रतियोगिता सन् २०२६ को एसियन क्लब च्याम्पियनसिपको छनोट पनि हो । विजेता टोलीले एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ । प्रतियोगिता साउन ७ गतेसम्म चल्ने  छ ।

प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार ०९:१२
हजुरको प्रतिक्रिया