२०८३ असोज २४ गते शनिबार

जलवायु संकटको सबैभन्दा ठूलो मार आदिवासी–जनजातिमाथि पर्छः महामन्त्री थापा

जलवायु संकटको सबैभन्दा ठूलो मार आदिवासी–जनजातिमाथि पर्छः महामन्त्री थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ४ गते शनिबार ०९:१४

जलवायु संकटसँग प्रत्यक्ष रूपमा प्रभावित हुने वर्गको रुपमा आदिवासी जनजाति समुदाय रहेको उनको भनाइ छ । उनले जलवायु परिवर्तनको असर न्यूनिकरण लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रमुखम मुद्दा हुनुपर्ने जिकिर गरे ।

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर नेपालका आदिवासी तथा जनजाति समुदायले भोग्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

शुक्रबार लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

जलवायु संकटसँग प्रत्यक्ष रूपमा प्रभावित हुने वर्गको रुपमा आदिवासी जनजाति समुदाय रहेको उनको भनाइ छ ।

उनले जलवायु परिवर्तनको असर न्यूनिकरण लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रमुखम मुद्दा हुनुपर्ने जिकिर गरे ।

उनले भने, ‘नेपाल अहिले जलवायु परिवर्तनको सन्दर्भमा आएको जुन संकट छ । यो संकटको सबैभन्दा बढी मार कसैले खान्छ भने नेपालको खासगरी आदिवासी, जनजाति समूदायले मार खेप्ने अवस्था हुन्छ । बसोास र रहनसहनको कारणले गर्दा हाम्रो जनजीवनसँग जोडिएको कारणले गर्दा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको मुद्दा जलवायुसम्बन्धी हुनुपर्छ । अहिले पनि अल्पसंख्यक समूदायसँग जोडिएको शिक्षाको विषयमा पनि जलावायुको मुद्दा हुनुपर्छ । त्यसकारण महासंघको बैठक बसेर एउटा राजनीतिक मुद्दा जसमा समावेशीता, समानुपातिक लगायतकास सन्दर्भमा हुनुपर्छ । कतिपय नदेखिएका मुद्दाहरुको यसले पहिचान गरोस् । त्यसलाई आन्दोलनको रुपमा लिएर जाओस् ।’

जलवायु परिवर्तन, पर्यावरण संरक्षणका मुद्दाहरुलाई महासंघले आन्दोलनको रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले समावेशीता, समानुपातिकता र अल्पसंख्यक समुदायका नदेखिएका समस्याको पहिचान र सम्बोधनमा केन्द्रित हुन महासंघलाई आग्रह समेत गरे ।

प्रकाशित मिति २०८२ साउन ४ गते शनिबार ०९:१४
हजुरको प्रतिक्रिया