२०८३ असोज २४ गते शनिबार

पोखरामा कोरोना पोजेटिभ देखिएकी एक महिलाको मृत्यु

पोखरामा कोरोना पोजेटिभ देखिएकी एक महिलाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ६ गते सोमबार ०१:०५

  पोखरा । पोखरामा कोरोना पोजेटिभ देखिएकी एक महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएकी ७४ वर्षीय एक महिलाको पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले...

 

पोखरा ।

पोखरामा कोरोना पोजेटिभ देखिएकी एक महिलाको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएकी ७४ वर्षीय एक महिलाको पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

कोरोनाबाट मात्रै हो कि अरुबाट पनि हो बुझ्दै छौं । कोरोना पोजेटिभ देखिएकी महिलाको हिजो मृत्यु भएको छ, उनले भने ।

ती महिलालाई असार २५ गते जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

गण्डकी भर जनवरीदेखि अहिलेसम्म ८ जनामा कोरोना पोजेटिभ देखिएको महानिर्देशक खड्काले बताए ।

जसमध्ये कास्कीमा मात्रै ५ जना छन् ।

प्रकाशित मिति २०८२ साउन ६ गते सोमबार ०१:०५
हजुरको प्रतिक्रिया