२०८३ साउन २१ गते बिहीबार

विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का

विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ११:०९

विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गरेको सिद्धान्त सहज रहेको र सबैले बुझ्ने किसिमको रहेको उनले उल्लेख गरे ।

काठमाडौं ।

उर्जा जलश्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्काले विपी कोईरालाले नेपाली जनतालाई रैतीबाट मालिक बनाउने काम गरेको बताएका छन् ।

विपी संग्रहालय सुन्दरीजलमा मंगलबार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले विपीले नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गरेको परिणामतः अहिलेको व्यवस्था आएको बताए ।

विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गरेको सिद्धान्त सहज रहेको र सबैले बुझ्ने किसिमको रहेको उनले उल्लेख गरे ।

मन्त्री खड्काले भने, ‘नेपाली काँग्रेसको नेताको रुमपा लामो संघर्ष गर्नुभयो । नेपाली जनतालाई रैतीबाट मालिक बनाउने अभियानमा जुट्नुभयो । उहाँको सिद्धान्त सहज छ । हामी अरु पार्टीका नेताहरुले प्रतिपादन गरेका सिद्धान्त होइन । विश्वेश्वरप्रसाद कोईरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त बडो सरल छ । जो कोहीले बुझ्न सकिन्छ । मानिसहरु समान अधिकार प्राप्त गर्न पाउनुपर्छ, त्यसको लडाईं थियो । मानिसहरु आर्थिक हिसावले पनि एउटा जीवन यापन गर्नसक्ने ठाउँमा पु¥याउनुपर्छ त्यो सरकारको दायित्व हो ।’

सांसद खड्काले देशलाई ऐक्यवद्धता गर्ने प्रयासमा नै आफ्नो जीवन गुमाउनुपरेको बताए ।

 

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ११:०९
हजुरको प्रतिक्रिया