काठमाडौ ।
नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आ.व.को तुलनमा १ खर्ब भन्दा बढिले वृद्धि भएको हो ।
नेपालको वैदेशिक व्यापार घाटा २०८०÷८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब ब्यापार घाटा व्यहोरेको छ ।
अघिल्लो वर्षको तुलनामा यो व्यापारघाटा ६ प्रतिशतले बढेको हो ।
नेपालले खासगरी, भारत, चीन लगायतका देशहरुसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ ।
परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ ।
नेपालले २०८१÷८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो ।
भन्सार विभागका अनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ ।
यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ ।
यस्तै, निर्यात वृद्धिले रेकर्ड तोडेको छ । २०८१÷८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ ।
यो निर्यात अघिल्लो आ.व.को तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो ।
अघिल्लो आ.व. २०८०÷८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो ।
प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०३:०३




