२०८३ साउन २१ गते बिहीबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोविन्द लामिछाने कास्कीमा पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोविन्द लामिछाने कास्कीमा पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०४:२६

पोखरा । २०७९ सालमा नवजात शिशुको हत्या अभियोगमा फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८१ साल असोज १३ गते पोखरा महानगरपालिका–१४, चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा...

पोखरा ।

२०७९ सालमा नवजात शिशुको हत्या अभियोगमा फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८१ साल असोज १३ गते पोखरा महानगरपालिका–१४, चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको थियो। फलाटिनको कपडाले बेरिएको र गुलाबी ब्लाङ्केटले

ढाकिएको अवस्थामा भेटिएको शिशुको पोष्टमार्टम गर्दा घाँटी र टाउकोमा लागेको चोटका कारण मृत्यु भएको पुष्टि भएको थियो।

घटनाको अनुसन्धानको क्रममा शिशुको बुवा नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी निवासी तथा हाल पोखरा–९, नागढुङ्गामा बसोबास गर्दै आएका ३७ वर्षीय गोविन्द लामिछाने संलग्न रहेको प्रहरीले जनाएको छ।

लामिछानेलाई मिति २०८२ साउन ४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्रीमतीको सुत्केरी उपचारका लागि ल्याएको समयमा पक्राउ गरिएको हो। उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०४:२६
हजुरको प्रतिक्रिया