२०८३ साउन २३ गते शनिबार

साफ यू–१७ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यू–१७ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडी बन्द प्रशिक्षणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ८ गते बुधबार ०९:२६

साफ यु–१७ महिला च्याम्पियनसिप आगामी अगष्ट २० देखि ३१ सम्म भुटानमा हुनेछ । च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले प्रतिस्प

च्याम्पियनसिप आगामी अगष्ट २० देखि ३१ सम्म भुटानमा हुने

पोखरा ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिपका लागि यू–१७ राष्ट्रिय महिला टिमको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाएको छ ।

एन्फाले मंगलबार बन्द प्रशिक्षणका लागि ३५ खेलाडीको सूची सार्वजनिक गरेको हो ।

जसमा ५ गोलकिपर, ९ डिफेन्डर, ७ मिडफिल्डर, ७ विंगर र ७ फरवार्ड छन् ।

गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिप खेलेको टिममा रहेका २३ मध्ये २२ खेलाडी यस पटक साफ यू–१७ महिला च्याम्पिनयसिपको बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

गोलकिपर सुनिता स्याङ्गतान मात्र यस पटक छनोट भइनन् ।

गत वर्ष चक्र तामाङ मुख्य प्रशिक्षक थिए भने यस पटक चेत नारायण श्रेष्ठलाई महिला यू–१७ टोलीको जिम्मेवारी दिइएको छ ।

साफ यु–१७ महिला च्याम्पियनसिप आगामी अगष्ट २० देखि ३१ सम्म भुटानमा हुनेछ । च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

खेलहरु डबल राउण्ड रोविन लिगको आधारमा हुनेछ । लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

बन्द प्रशिक्षणमा रहने खेलाडीहरूमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, भुपिका शाही, सबनम राई, दिक्षा रायमाझी, मिना चन्द, रेजिना लामा, अलिजा कुमारी बिक, ग्यान्शु डोल्मो लो, सम्झना चन्द छन् ।

त्यस्तै पुर्णिमा ताडी, अनु माझी, अंशु बिक, रबिना बिक, आयुषा गुरुङ, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, मिन माया श्रेष्ठ, सहारा लिम्बु, कृपा दाहाल पनि टोलीमा छन् ।

यसैगरि बाब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रियुले, श्रीजना बडुवाल, आशिका कार्की, अस्मिता मगर, मनिषा श्रेष्ठ, सबिना तामाङ, पूजा गिरी, पुर्णिमा थारु, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रानपाल र विपना परियार छन् ।

प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार ०९:२६
हजुरको प्रतिक्रिया