२०८३ साउन २१ गते बिहीबार

मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन : वामदेव गौतम

मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन : वामदेव गौतम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ८ गते बुधबार १०:४९

काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन उनको आग्रह छ । उनले काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म आफू पार्टीमा बस्न नसक्ने बताएका हुन् ।

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घोषणा गरेका छन् ।

बुधबार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरे ।

काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन उनको आग्रह छ ।

उनले काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म आफू पार्टीमा बस्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ । मलाई चाहिन्न पद । मैले त्यो पहिला पनि भेनको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरुले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् । काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन । यदी तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरुसँग बस्न सक्दिन । मलाई काम गर्ने क्षेत्र चाहियो । एउटा जिल्ला की, दुई वटा जिल्ला की आधा जिल्ला की, एउटा पालिका की । क्षेत्र भनेको । जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यि संरचनाहरु छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ ।’

वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पु¥याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८२ साउन ८ गते बुधबार १०:४९
हजुरको प्रतिक्रिया