२०८३ साउन २१ गते बिहीबार

नेपाल स्ट्रीट प्रिमियर लिगका लागि खेलाडी रजिस्ट्रेसन खुला

नेपाल स्ट्रीट प्रिमियर लिगका लागि खेलाडी रजिस्ट्रेसन खुला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार ०९:१४

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले आफ्नो नाम एन.एस.पीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्नेछन् ।

पोखरा ।

नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का  लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ ।

डिजीआर स्पोर्टस एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा लिको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन इच्छुक नेपाली खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले आफ्नो नाम एन.एस.पीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्नेछन् ।

दर्ता शुल्क ब्याटर र बलरका लागि रु. १ हजार तोकिएको छ भने अलराउन्डरका लागि रु. १ हजार २०० निर्धारण गरिएको छ ।

डिजिआरका अनुसार भदौ ८ गते सम्मका खेलाडी दर्ता गर्न सकिनेछ ।  एन.एस.पीएलका लागि टिम दर्ता प्रक्रिया पनि सुरु गरिसकिएको छ ।

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार ०९:१४
हजुरको प्रतिक्रिया