पोखरा ।
देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ ।
जल तथा मौैसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदा मधेश प्रदेशलगायत मुलुकका विभिन्न स्थानमा वर्षा कम भइरहेको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार ०९:२६




