२०८३ साउन २१ गते बिहीबार

मादी नदीमा नेपालकै पहिलो चार लेनको पुल बन्दै, पुस–माघसम्ममा पुल सम्पन्न हुने

मादी नदीमा नेपालकै पहिलो चार लेनको पुल बन्दै, पुस–माघसम्ममा पुल सम्पन्न हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार १०:५५

भण्डारीले भने–‘चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । मर्मत सम्भार अवधि ५ वर्षको हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ ।’

पोखरा ।

कुनै बेला मुग्लिङ–पोखरा सडक यात्रा अत्यन्त कष्ट्रकर हुने गर्दथ्यो ।

हिजोआज मुग्लिङ–पोखरा सडकखण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा आउन धेरै कष्ट खेप्नु पर्दैन ।

अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरु बन्ने क्रममा छन् ।

मुग्लिङ–पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ–पोखरा सडक पूर्वीखण्डस्थित मादी नदी नेपालकै पहिलो पटक चार लेनको ठूलो पुल बनिरहेको बताउँछन् ।

उनकाअनुसार त्यो पुलको लम्बाई ३१८ मिटरको चार लेनको पुल बन्दैछ ।

भण्डारीले भने–‘चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । मर्मत सम्भार अवधि ५ वर्षको हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ ।’

प्रमुख भण्डारीकाअनुसार नेपाली ठेकेदारले डिजाइन गरेर पहिलो पटक चार लेनको पुल बनाइरहेको छ ।

७ सेक्टेम्बर २०२२ मा यो पुल बनाउन सम्झौता भएको थियो ।  ६ सेक्टेम्बर २०२५ मा पुल निर्माणको समय सकिँदैछ ।

सम्झौता भएको १३ महिनापछि डिजाइन स्वीकृत भएको र आजको दिनमा ७१ प्रतिशत वित्तीय प्रगति सकारात्मक रहेको भण्डारीले जानकारी दिए ।

उनकाअनुसार मनसुन शुरु भइसकेकाले पुलको बीचको भागको काम अघि बढाउन कठिन भइरहेको छ ।

आगामी पुस–माघसम्ममा पूर्ण रुपमा पुल सम्पन्न हुने आशा छ । यो पुलको काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ ।

डिजाइन स्वीकृत हुन ढिलाइ हुनु, निर्माण सामाग्रीको अभावले गर्दा पनि काम समयमै नसकिएको निर्माणव्यवसायी बताउँछन् ।

उनीहरुका अनुसार डिजाइन स्वीकृत गर्दा आठ वटा जग्गा र त्यत्ति नै घरहरुको प्रभावित हुने भएपछि मुआब्जा वितरण गरिसकिएको छ ।

नेपालमै पहिलो पटक चारलेनको अत्याधुनिक प्रविधिको बन्नु निर्माणकर्तालाई समेत गर्वको विषय रहेको उनीहरु बताउँछन् ।

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार १०:५५
हजुरको प्रतिक्रिया