२०८३ साउन २१ गते बिहीबार

२२ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड पोखरामा हुने

२२ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड पोखरामा हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार ०८:०४

पोखरा नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ आगामी भदौ २९ गते पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रवार अवार्ड घोषणा कार्यक्रमा पहिलोपल्ट एनएसजेएफ पल्सर...

पोखरा
नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ आगामी भदौ २९ गते पोखरामा हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रवार अवार्ड घोषणा कार्यक्रमा पहिलोपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड काठमाडौंबाहिर लैजान लागेको जनाएको हो । २०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड २२ औं संस्करण हो ।

अहिलेसम्म उपत्यकाभित्र मात्र अवार्ड आयोजना हुँदै आएको थियो । तर स्पोर्ट्स अवार्डलाई देशव्यापी पु¥याउने उद्देश्यले पोखरामा आयोजना गर्न लागिएको मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । पोखरा भ्रमण वर्षको अवसरमा २२औं संस्करण हुने भएको छ । शुक्रबार नै पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च र अवार्डको मुख्य प्रायोजक गोल्छा गु्रपको पल्सर मोटरसाइकलसँग पाँच वर्षको सम्झौता नवीकरण भएको छ । यसका मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका प्रवन्धक निर्देशक अभिमन्यु गोल्छाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

४० लाखभन्दा माथिको सम्झौता भएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । नगद प्रायोजनमा गत वर्षको भन्दा ३३ प्रतिशत वृद्धि गरिएको गोल्छा ग्रुपका प्रवन्धक निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए ।

गोल्छा ग्रुपका प्रवन्धक निर्देशक अभिमन्युले मञ्च र गोल्छा ग्रुपबीचको यो सहकार्य नेपालमा लामो रहेको उल्लेख गर्दै एकआपसमा विश्वास, भरोसा र खेलकुदको माध्यमबाट देशलाई एकतामा बाध्ने उद्देश्यअनुरूप सम्झौताको १७ औं वर्षमा पुगेको बताए । देशका खेलाडीलाई सम्मान गर्ने अभियानमा निरन्तर सहकार्य गर्न पाउँदा गोल्छा ग्रुप धेरै खुसी र उत्साहित रहेको उनी बताउँछन् ।

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार ०८:०४
हजुरको प्रतिक्रिया