२०८३ साउन २१ गते बिहीबार

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार जना खेलाडीले प्रतिस्पर्धा गर्ने

विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार जना खेलाडीले प्रतिस्पर्धा गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ११ गते शनिबार ०९:०९

प्रतियोगितामा २÷२ जना पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।  चारै जना खेलाडीले २÷२ वटा स्पर्धामा भाग लिने छन् ।
नेपालको खेल जुलाई २७ देखि मात्र शुरू हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

पोखरा ।

विश्व एक्वेटिक्स च्याम्पियनसिप सिंगापुरमा भइरहेको छ ।

गएको जुलाई ११ देखि शुरू भइसकेको प्रतियोगिता आउँदो अगस्ट ३ सम्म चल्ने छ ।

च्याम्पियसिपमा नेपालबाट चार जना पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज राति सिंगापुर प्रस्थान गरेका छन् ।

प्रतियोगितामा २÷२ जना पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।  चारै जना खेलाडीले २÷२ वटा स्पर्धामा भाग लिने छन् ।

नेपालको खेल जुलाई २७ देखि मात्र शुरू हुने नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए ।

पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् ।

महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

नेपाली टोलीको व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य विकास शर्मा र प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शंकर कार्की रहेका छन् ।

टोलीलाई हिजो एक कार्यक्रमका बीच राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले बिदाइ गरे ।

नेपाली टोली अगस्ट ४ मा स्वदेश फर्किने छ ।

प्रकाशित मिति २०८२ साउन ११ गते शनिबार ०९:०९
हजुरको प्रतिक्रिया