२०८३ साउन २१ गते बिहीबार

मधेस प्रदेशका किसानका लागि ठूलो प्याकेजको घोषणा गरियोस् : मुख्यमन्त्री सिंह

मधेस प्रदेशका किसानका लागि ठूलो प्याकेजको घोषणा गरियोस् : मुख्यमन्त्री सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ११ गते शनिबार ०९:१२

उनले मधेस प्रदेशका बारा, पर्सा लगायत १३६ वटै पालिकामा पानीको हाहाकार रहेको जानकारी गराए ।
नागरिकले पिउने पानी समेत नपाइरहेको स्थिति रहेको उनको भनाइ छ ।

काठमाडौं ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका किसानका लागि संघ सरकारले ठूलो प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका छन् ।

महोत्तरीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले मधेस प्रदेशका बारा, पर्सा लगायत १३६ वटै पालिकामा पानीको हाहाकार रहेको जानकारी गराए ।

नागरिकले पिउने पानी समेत नपाइरहेको स्थिति रहेको उनको भनाइ छ । पानीको अभावले खेतीयोग्य जमिनहरु बाँझो रहेको र परिणामतः खाद्य चक्रमा यसले असर गर्ने उनले उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले भने, ‘अहिले जुन परिस्थिति छ, मधेस प्रदेशका बारा, पर्सा लगायत १३६ वटै पालिकामा त्यो पानीको हाहाकारको कारणले मान्छेले पिउने पानीसम्म अत्याधिक चरम अभावको स्थिति छ । यो अभावको सिलसिलामा खेतीयोग्य जग्गा जो मधेस प्रदेश अन्नको भण्डार हो । यहाँ अहिले पनि अधिकांश रोपाईं सकिसक्नुपर्ने स्थितिमा ५० प्रतिशत पनि रोपाईं हुन सकेको छैन । पानीको चरम अभावको कारणले र पिउने पानीको पनि अभाव छ । किसानको हाहाकार भएको छ । संकटग्रस्त घोषणा गरिसक्नुभएको छ । मधेस प्रदेशमा नेपाल सरकारले किसानको लागि ठूलो प्याकेजको रुपमा घोषणा गरिदिओस् । बोरिङ गरेर खानेपानीको समस्या पनि छिटै समाधान गर्नेछौँ ।’

मुख्यमन्त्री सिंहले खानेपानीको आपूर्ति अहिले प्रदेश सरकारले गरिरहेको पनि जानकारी दिए ।

मधेस प्रदेशको पूरा बजेट हाल्दा पनि समस्या समाधान हुने स्थिति नरहेकाले संघ सरकारले सहयोग गर्न जरुरी रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०८२ साउन ११ गते शनिबार ०९:१२
हजुरको प्रतिक्रिया