काठमाडौं ।
संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफल हुनेछ । प्रतिनिधिसभाको बैठक भने साउन १९ गतेका लागि बोलाइएको छ ।
त्यस्तै आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।
बैठकमा आ.व. २०८२÷८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए÷नभएको अवस्था आयोगको आ.व. २०८२÷८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीबारे छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तक्र्रिया कार्यक्रम तथा छलफल हुनेछ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा अनुगमन मूल्यांकन समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ ।
बैठकमा सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरि दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्तासँग छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।
सो समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनउपर छलफल हुनेछ ।
प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार ०९:५३




