२०८३ साउन २१ गते बिहीबार

महिलामा पाठेघरको मुखको क्यान्सर हुनुमा पुरुषकाे दाेष कति ?

महिलामा पाठेघरको मुखको क्यान्सर हुनुमा पुरुषकाे दाेष कति ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ११ गते शुक्रबार ०२:०४

पछिल्लाे समय नेपाली महिलामा पाठेघरको मुखको क्यान्सर एउटा जटिल समस्याका रुपमा देखा परेकाे छ । विश्वमा प्रतिवर्ष पाँच लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । अन्दाजी दुई लाख महिलाको यो रोगबाट मृत्यु हुन्छ । नेपालमा वर्सेनी...

पाठेघरको मुखको क्यान्सर के हाे, कसरी सर्दछ र कसरी जाेगिने ?

पछिल्लाे समय नेपाली महिलामा पाठेघरको मुखको क्यान्सर एउटा जटिल समस्याका रुपमा देखा परेकाे छ ।

विश्वमा प्रतिवर्ष पाँच लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । अन्दाजी दुई लाख महिलाको यो रोगबाट मृत्यु हुन्छ । नेपालमा वर्सेनी करिब तीन हजार महिलामा यस प्रकारको क्यान्सर लाग्छ भने दुई हजार जतिको मृत्यु यसै कारणले हुने गरेको छ ।

कुनै निश्चित कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भए पनि करिब ७० प्रतिशत पाठेघरको मुखको क्या-न्सर एचभीपी (ह्युमेन पापिलोमा भाइरस) सँग सम्बन्धित रहेको पाइएको छ । पाठेघरको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनबीच रासायानिक प्रक्रिया हुँदा ती कोषिकामा परिवर्तन आउन थाल्छ र त्यस अवस्थाले क्यान्सर सिर्जना गर्दछ ।

यौनिक रुपमा सक्रिय भएको केही समयमै एचपीभीबाट सङ्क्रमित हुने सम्भावना रहन्छ । त्यसैले एचपीभी सङ्क्रमण यौनजन्य सङ्क्रमणमध्ये प्रमुख हो । तर जनमानसमा एचपीभी यौनसम्पर्ककै कारण सर्छ भन्ने भ्रम छ । सत्यता के हो भने यो सङ्क्रमण यौन सम्पर्कका बेला छाला छाला बीचको सम्पर्कको कारण सर्दछ ।

जुन योनि लिङ्ग मैथुन, मुख मैथुन वा गुद्द्वार मैथुनका बेला बढी हुन्छ । यौन सम्पर्कका कारण एचपीभी नसर्ने भए कण्डमको प्रयोगले कसरी एचपीभी सङ्क्रमणको सम्भावना घटाउँछ भन्ने तर्क पनि हुनसक्छ । खासमा पुरुष लिङ्गको टुप्पाको छालामा बढी जसो एचपीभी रहने हुनाले यौन सम्पर्कका बेला कण्डमको प्रयोगले सङ्क्रमणबाट जोगिन सहयोग गर्दछ ।

यौनि क रुपमा सक्रिय करिब ५० देखि ८० प्रतिशत महिला वा पुरुषको जीवनमा एक न एक पटक एच पीभी सङ्क्रमण भएकै हुन्छ । जसरी कोरोना संक्रमित सबैमा लक्षण नै देखापर्दछ भन्ने भएन त्यसरी नै एचपीभीबाट सङ्क्रमित सबैमा जननेन्द्रियको क्यान्सर हुनैपर्दछ भन्ने छैन । सामान्य र गम्भीर खालका गरी दुई प्रकारका एचपीभी हुन्छन् ।

गम्भीर खालकै एचपीभीबाट सङ्क्रमित भएको भए पनि बिना उपचार पनि आफै सङ्क्रमण निको हुन्छ । एचपीभी धेरै प्रकारका हुन्छन् तर १३ प्रकारका भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछन् । एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी– १६ तथा एचपिभी–१८ को सङ्क्रमणले भएको पाइएको छ ।

यसरी ह्युमेन पापिलोमा भाइरसलाई प्रमुख कारक तत्व मानिएपनि कम उमेरमा विवाह हुनु, कम उमेरमै यौन सम्पर्क स्थापित हुनु, एक भन्दा बढी जना सँग यौन सम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अङ्गको उचित सरसफाई नगर्नु, चुरोट, खैनी तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सर लाग्नाको अन्य कारण हुन् ।

धुमपान गर्नेहरुमा एचपीभी सङ्क्रमण लामो समयसम्म रहिरहन्छ भने धुम्रपानकै कारण पनि पाठेघरको मुखको क्यान्सर र यौनाङ्ग वरिपरि क्यान्सर हुने सम्भावना बढी हुन्छ । धार्मिक रुपमा सानैमा केटाको लिङ्ग वरिपरि छाला ताछेर फ्याँक्ने यहुदी एवं मुस्लिम समुदायका महिलामा पाठेघरको मुखको क्यान्सर कम हुने गरेको पाइएको छ । अधिकतर एचपीभीबाट सङ्क्रमित मानिसले थाहै नपाई आफ्नो यौन साथीमा एचपीभी सारिरहेको हुन्छन् । किनकि तिनीहरु आफैँलाई आफू एचपीभीबाट सङ्क्रमित छु भन्ने छैन हेक्का हुँदैन ।

पाठेघरको मुखको क्यान्सरको आरम्भिक अवस्थामा कुनै लक्षण नदेखिन सक्छ । प्रभावित महिलामा असामान्य रगत तथा रगत मिसिएको गन्हाउने योनीश्राव देखा पर्ने पनि हुन्छ । त्यसैगरी यौन सम्पर्क पश्चात् रगत देखा पर्ने वा महिनावारी पनि धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ । प्रारम्भिक अवस्थामा कुनै पीडा नभएपनि क्यान्सर फैलिसकेपछि भने पीडा हुन थाल्छ । पछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन सक्छन् ।

गम्भीर खालकै एच पीभीबाट सङ्क्रमित भएको भए पनि बिना उपचार पनि आफै सङ्क्रमण निको हुन्छ । एचपीभी धेरै प्रकारका हुन्छन् तर १३ प्रकारका भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछन् । एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी– १६ तथा एचपिभी–१८ को सङ्क्रमणले भएको पाइएको छ ।

नियमित स्वास्थ्य जाँचको क्रममा प्याप स्मियर नामक स्क्रिनिङ विधिबाट पाठेघरको मुखको श्राव निकाली क्यान्सर छ, छैन थाहा पाउन सकिन्छ । यसका अतिरिक्त एसिटिक ए-सिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ । विवाह गरेको दुई/तीन वर्षदेखि नै नियमित रुपमा स्क्रिनिङ गराउनु बुद्धिमानी हुन्छ ।

विकसित देशहरुमा ह्युमेन पापिलोमा भाइरसविरुद्ध खोप लगाउने गरिन्छ । साधारणतया ११/१२ वर्षका किशोरीलाई छ महिनाको अवधिभित्र तीन डोज खोप लगाउने अभ्यास छ ।

पाठेघरको मुखको क्यान्सरका कारक तत्व, लक्षण चिन्ह र रोकथाम माथि विचार गर्दा पुरुषको भूमिका निकै महत्वपूर्ण छ । बालविवाह गर्ने वा गराइ दिने, बहुविवाह गर्ने, विवाह इत्तर धेरै महिलासँग यौन सम्बन्ध राख्ने कार्यमा पुरुषको मुख्य भूमिका हुन्छ । त्यस्तै यौन स म्पर्कपूर्व आफ्नो यौनाङ्गको सरसफाई गर्ने तथा कण्डमको प्रयोग गर्ने कार्यमा पुरुषले अल्छी गर्दा पनि यो समस्या आउन सक्ने देखिन्छ ।

आफ्नी छोरीचेलीलाई एचपीभीविरुद्ध खोप लगाइदिने तथा आफ्नो महिला यौन साथीलाई विवाहको केही वर्ष भित्रै पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराउन लाने जिम्मा पुरुषकै हो । तर कुनै समस्या नभइकनै आफ्नो श्रीमतीलाई नियमित स्वास्थ्य जाँचमा लाने त कुरै छाडौैँ महिनावारी गडबडी भएको, बढी रगत बग्न थालेको वा गन्हाउने पानी बग्न थालेको गुनासो गर्दा पनि वास्ता नगर्ने पुरुष पनि हुन्छन् ।

छोरा नपाएसम्म धेरै बच्चा पाइरहन दवाब दिने पुरुष पनि देखिएका छन् । यसले पनि महिला पाठेघरको मुखको क्यान्सरको थप जो-खिममा पर्दछन् ।

यसरी पाठेघरको मुखको क्यान्सर प्रत्यक्षतः महिलाको समस्या भएपनि यो समस्या हुनुमा तथा रोकथामको पहल नगराउनुमा, समयमै जाँचका लागि नलानुमा, आवश्यक उपचार नगराउनुमा पुरुषकै अहम् भूमिका छ । अतः महिलालाई यो प्राणघातक समस्याबाट जोगाउनु छ भने पुरुषले निर्णायक एवं परिणाममुखी पहल लिनै पर्दछ ।

प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०२:०४
हजुरको प्रतिक्रिया