२०८३ असोज २५ गते आइतबार

पाँच संसदीय समितिको बैठक बस्दै

पाँच संसदीय समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १३ गते सोमबार ०९:०१

त्यस्तै दिउँसो १ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
जसमा मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (आ.व.२०८२—०८३, २०८६—०८७) को मस्यौदामँथि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँग छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसद्अन्तर्गत आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान १० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया हुने संघीय संसद सचिवालयले जनाएको छ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री र नेपाल सरकारका सबै सचिवहरुसँग छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे बस्ने छ ।

सो समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने जनाइएको छ ।

त्यस्तै दिउँसो १ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

जसमा मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (आ.व.२०८२—०८३, २०८६—०८७) को मस्यौदामँथि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँग छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ साउन १३ गते सोमबार ०९:०१
हजुरको प्रतिक्रिया