पोखरा ।
केही समय कमजोर रहेको मनसुनी वायु सक्रिय भएसंगै गएरातिदेखि देशभर यसको प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पोखरासहित देशका केही ठाउँमा पानी परिरहेको छ ।
कास्की, लमजुङ, पर्वत, गोरखा, स्याङ्जा, पाल्पा, मुगु, इलाम, धनकुटा, सिन्धुपाल्चोक, काठमाण्डौलगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मधेश प्रदेशको सप्तरीसहित अरू ठाउँमा पनि राति हल्का पानी परेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराई भू–भाग तथा वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशको पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रकाशित मिति २०८२ साउन १३ गते सोमबार ०९:२३




