२०८३ साउन २१ गते बिहीबार

अख्तियारको बेरुजु शुन्य, सचिव भन्छन्ः कानूनअनुसार काम गरे बेरुजु शुन्य हुन्छ

अख्तियारको बेरुजु शुन्य, सचिव भन्छन्ः कानूनअनुसार काम गरे बेरुजु शुन्य हुन्छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १३ गते सोमबार ०३:००

काडमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शुन्य देखिएको छ । प्रत्येक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शुन्य देखिएको हो । सोमवार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान...

काडमाडौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शुन्य देखिएको छ ।
प्रत्येक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शुन्य देखिएको हो ।
सोमवार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनैपनि नरहेको जानकारी दिए ।
उनले कानूनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनैपनि बेरुजु नरहने बताए ।
सचिव दुवाडीले भने – ‘कानूनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो । इमान्दारीतापूर्वक कानूनको परिपालना गरौं । बेरुजु रहन्न । निकायहरुमा अहिले धेरै बेरुजु देखिने गरेको छ । सबै बेरुजु भ्रष्टाचार नभएपनि बेरुजु एक भ्रष्टाचारको सुरुआत हो । कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन । अख्तियार समेत आकर्षित हुने गरेको छ ।’
उनकाअनुसार बेरुजु फछ्र्यौट गर्न कानूनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो ।
कमजोर कारबाही प्रणाली, बेरुजु फछ्र्यौट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फछ्र्यौटमा समस्या पारेको उनको भनाई छ ।
सचिव दुवाडीकाअनुसार औचित्य पुष्टी नहुने गरी अनेक शिर्षकमा बजेटमा राखिने भएकाले पनि बेरुजु बढेको हो ।
बेरुजु फछ्र्यौट शासकीय इस्यु भएकाले पनि शुन्य बेरुजु कायम गर्नेगरी अघि बढ्नुपर्छ ।

प्रकाशित मिति २०८२ साउन १३ गते सोमबार ०३:००
हजुरको प्रतिक्रिया