२०८३ असोज २५ गते आइतबार

पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १४ गते मंगलबार ०९:४०

जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । सो समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिसंशोधनकर्ताहरूसँग छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

सो समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिसंशोधनकर्ताहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्नेछ ।

बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ साउन १४ गते मंगलबार ०९:४०
हजुरको प्रतिक्रिया