नगदसहित १३ हजार बढी रकम बरामद
काठमाडौं ।
फोहोर मैलाको कर्मचारी हुूँ भन्दै सर्वसाधारणसँग ठगी गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार साउन ११ गते साँझ ४ .३० बजे जिल्ला दोलखा, वैतेश्वर गाउँपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–६ र २८ को बीच घुमी रहेका एक व्यक्तिलाई पक्राउ गरिएको हो।
प्रहरीले जनाएअनुसार काठमाडौं महानगरपालिका वडा नं। ३१ स्थित रिक्साबाट फोहोर उठाउने कर्मचारी हुँ भन्दै व्यक्तिले रकम असुली गरिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले सो व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा महानगरपालिकासँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि उसलाई नियन्त्रणमा लिई ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।
पक्राउ परेका व्यक्तिको साथबाट नगद रु। ६,८००, विभिन्न सेवासम्बन्धी कार्ड, रसिदहरू, र कुल रकम रु। १३,२५० बराबरका सामग्रीहरू बरामद गरिएको छ।
बरामद सूचीमा कोटेश्वर बेस्ट कन्सर्नको फोहोर मैला उठाउने महसुल कार्ड, कर बिजक र रसिद, नेपाल फुड सप्लाय सेवा प्रा।लिको कार्ड, र लेखिएका विभिन्न व्यक्तिका नाम र रकमसम्बन्धी विवरणहरू रहेका छन्।
प्रहरीले महानगरपालिकाको नाम दुरुपयोग गरेर ठगी गर्ने यस्ता घटनाप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति २०८२ साउन १४ गते मंगलबार ११:५४




