२०८३ असोज २४ गते शनिबार

जनकपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा दैनिक ज्यालादारी कर्मचारीहरूको धर्ना

जनकपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा दैनिक ज्यालादारी कर्मचारीहरूको धर्ना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १४ गते मंगलबार ०३:०६

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरू आफ्ना मागप्रति बेवास्ता भएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । मंगलवार आन्दोलन अन्तर्गत मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया...

काठमाडौ ।
नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरू आफ्ना मागप्रति बेवास्ता भएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।
मंगलवार आन्दोलन अन्तर्गत मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका हुन् ।
प्राधिकरणको सञ्चालक समितिको बैठकबाट दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।
तर निर्णय भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नहुँदा आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी मधेस प्रदेश संघर्ष समितिका अध्यक्ष शम्भु मिश्रले बताए ।
केन्द्रीय संघर्ष समितिको निर्देशनअनुसार मधेस प्रदेशमा कार्यरत कर्मचारीहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

प्रकाशित मिति २०८२ साउन १४ गते मंगलबार ०३:०६
हजुरको प्रतिक्रिया