काठमाडौं ।
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ रोकिएको छ ।
यसअघि प्रदेश प्रमुख कार्यालयले बुधबार कांग्रेसबाट नियुक्त भएका तीन मन्त्रीको शपथ ग्रहण दिउँसो दिउँसो १ बजेका लागि तय भएको जनाएको थियो ।
तर प्रदेशप्रमुख बिरामी परेको कारण देखाउँदै मन्त्रीहरूको शपथ रोकिएको छ ।
बिहीबार बिहान पुनः विज्ञप्ति निकालेर कार्यालयले शपथको कार्यक्रम अनिश्चितकालका लागि रोकिएको जनाएको छ ।
विज्ञप्तिमा प्रदेशप्रमुख स्वास्थ्यमा अकस्मात समस्या आई उपचारका लागि काठमाडौँ प्रस्थान गरेको उल्लेख छ ।

बुधबार पनि सत्ता साझेदार दल एमालेले ध्यानाकर्षण भएको जनाएपछि मन्त्रीहरूको शपथ ग्रहण रोकिएको थियो ।
कांग्रेसको आन्तरिक विवाद उच्च भइरहेको र हिजो संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो ।
मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये ३ वटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे सपथका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
उनले चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई मन्त्री बनाएका हुन् ।
प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ०९:१७




