२०८३ साउन २१ गते बिहीबार

नेपाली पब्जी टिम होरा इ–स्पोट्र्स पब्जी मोबाइल विश्वकपको फाइनलमा

नेपाली पब्जी टिम होरा इ–स्पोट्र्स पब्जी मोबाइल विश्वकपको फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार ०९:२०

लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेजको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।
सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।
सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोड्न सफल भयो ।

फाइनल राउण्ड अगस्ट १ देखि ३ सम्म हुने

पोखरा ।

नेपाली पब्जी टिम होरा इ स्पोट्र्सले साउदी अरेबियामा जारी इ–स्पोट्र्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन उत्कृष्ट खेल प्रर्दशन गर्दै होरा ई–स्पोट्र्सले विश्वकपको फाइनल राउण्डमा स्थान पक्का गरेको हो ।

लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेजको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।

सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोड्न सफल भयो ।

योसँगै होराले २५ हजार डलर पनि जितेको छ । अब फाइनल जितेमा नेपालको टीम होराले ५ लाख डलर पुरस्कार प्राप्त गर्नेछ ।

शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इ–स्पोट्र्स समग्रमा १३औं भएपछि सिधै फाइनलमा पुग्न सकेको थिएन ।

लिग स्टेजमा १३औं भएको होराले उक्त पोजिसनको पनि २७ हजार ५०० डलर पुरस्कार प्राप्त गर्नेछ ।

नेपालसँगै सेन्ट्रल एशिया र साउथ एशियाबाट पब्जी विश्वकपमा मात्र तीन टिम सहभागी छन ।

प्रतियोगिताको फाइनल राउण्ड अगस्ट १ देखि ३ सम्म हुनेछ ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ०९:२०
हजुरको प्रतिक्रिया