२०८३ असोज २३ गते शुक्रबार

२०२५ मा ३ प्रतिशत विश्वव्यापी वृद्धि हुने आइएमएफको प्रक्षेपण

२०२५ मा ३ प्रतिशत विश्वव्यापी वृद्धि हुने आइएमएफको प्रक्षेपण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार १०:०३

पछिल्लो अपडेटअनुसार उदीयमान बजार र विकासशील अर्थतन्त्रहरू अब २०२५ मा ४.१ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।  जुन अप्रिलको पूर्वानुमानभन्दा ०.४ प्रतिशत बढी हो ।

एजेन्सी\सिन्ह्वा ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले २०२५ मा आफ्नो विश्वव्यापी वृद्धिको पूर्वानुमान ३ प्रतिशतमा पु¥याएको छ ।

जुन अप्रिलमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बढी हो ।

विश्वव्यापी व्यापार विकासले दृष्टिकोणलाई आकार दिन जारी राखेको र वृद्धि प्रक्षेपणलाई अप्रिल २०२५ को सन्दर्भ पूर्वानुमानबाट यस वर्ष २.८ प्रतिशतबाट ३ प्रतिशत र अर्को वर्ष ३ प्रतिशतबाट ३.१ प्रतिशतमा परिमार्जन गरेको आइएमएफले बताएको छ ।

पछिल्लो अपडेटअनुसार उदीयमान बजार र विकासशील अर्थतन्त्रहरू अब २०२५ मा ४.१ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।  जुन अप्रिलको पूर्वानुमानभन्दा ०.४ प्रतिशत बढी हो ।

यसैबीच विकसित अर्थतन्त्रहरूको वृद्धि प्रक्षेपण १.४ प्रतिशतको तुलनामा १.५ प्रतिशतमा परिमार्जन गरिएको छ ।

विशेष गरी संयुक्त राज्य अमेरिका, युरो क्षेत्र, जापान, बेलायत, क्यानडा, चीन, भारत, ब्राजिल, मेक्सिको, साउदी अरेबिया र नाइजेरियाको वृद्धि प्रक्षेपण माथितिर परिमार्जन गरिएको छ ।

आर्थिक नीति अनिश्चितता यस वर्ष र अर्को वर्ष उच्च रहने अनुमान गरिएको छ । जसको अनुमान वास्तविक–समय वर्तमान व्यापार नीतिमा आधारित छ ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार १०:०३
हजुरको प्रतिक्रिया