२०८३ असोज २३ गते शुक्रबार

तोलामा आठ सय रुपैयाँले घट्यो सुन, चाँदी पनि घट्यो

तोलामा आठ सय रुपैयाँले घट्यो सुन, चाँदी पनि घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार ०१:४१

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ एकैदिन एक हजार चार सय...

काठमाडौं ।

सुनको भाउ बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यसैगरी बिहीबार चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ४० रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ तोलाको दुई हजार तीन सय २० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ०१:४१
हजुरको प्रतिक्रिया