काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजदेखि शुरु हुँदैछ ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा शुरु हुनेछ ।
चार दिन चल्ने बैठकमा पछिल्लो समय पार्टीभित्र भइरहेको अन्तरविरोध, पार्टीको आन्तरिक संगठन विस्तार, समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिए ।
साथै समाजवादी मोर्चाको विषय र नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकताका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने, मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिनेबारे छलफल गर्नेलगायतका एजेण्डा तय गरिएको छ ।
प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०९:२३