२०८३ साउन २१ गते बिहीबार

एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ नाफा

एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ नाफा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १७ गते शुक्रबार ०९:५५

प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ ।  जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन् ।
राजस्व बाँडफाँडपछिको क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको क्यानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा ।

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय–व्ययको विवरण सार्वजनिक गरेको छ ।

बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय–व्ययको विवरण सार्वजनिक गरेको हो ।

क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ रहेको जानकारी दिएको हो ।

कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको छ ।

प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ ।  जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन् ।

राजस्व बाँडफाँडपछिको क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको क्यानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एनपीएल को पहिलो संस्करणको आय–व्यय विवरणबारे गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई अध्ययन र छलफल गरेर क्यानको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने निर्णय भएको छ ।

आगामी संस्करणहरूका लागि अझ प्रभावकारी व्यवस्थापन गर्न यो विवरण महत्वपूर्ण आधार बन्ने क्यानले जनाएको छ ।

प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०९:५५
हजुरको प्रतिक्रिया