२०८३ साउन २१ गते बिहीबार

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १७ गते शुक्रबार ०९:५८

२०७९ मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएका दीपक बोहोराको चैत १९ गते निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।

पोखरा ।

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरिएको छ ।

निर्वाचने आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी गराएको हो ।

२०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा विजयी भएका थिए ।

२०७९ मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित भएका बोहराको चैत १९ गते निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा भाग लिन चाहेमा निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र दल दर्ता गराउन सक्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

उपनिर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू जिल्लामा आफ्नो पक्षमा माहोल बनाउन व्यस्त भएका छन् ।

प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०९:५८
हजुरको प्रतिक्रिया