२०८३ साउन २१ गते बिहीबार

राज्यको लगानी र नीतिमा विपद् प्राथमिकतामा नपरेसम्म विपद्जन्य क्षति न्युनिकरण प्रभावकारी बन्दैनः महानिरीक्षक अर्याल

राज्यको लगानी र नीतिमा विपद् प्राथमिकतामा नपरेसम्म विपद्जन्य क्षति न्युनिकरण प्रभावकारी बन्दैनः महानिरीक्षक अर्याल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १७ गते शुक्रबार ०४:१६

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन्। शुक्रवार सशस्त्र प्रहरी बल, नेपालले आयोजना...

काठमाडौँ ।

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन्।

शुक्रवार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको विपद्सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनीकरण गर्न नसकिने बताए।

उनले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा गर्न पनि विपद् न्युनिकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

महानिरीक्षक अर्यालले नेपालमा वार्षिकरुपमा सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने गरेको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ लिन आग्रह गरे।

प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०४:१६
हजुरको प्रतिक्रिया