२०८३ साउन २१ गते बिहीबार

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनमा आवश्यक संशोधन गर्न सरकार तयार छः गृहमन्त्री

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनमा आवश्यक संशोधन गर्न सरकार तयार छः गृहमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १७ गते शुक्रबार १०:१६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनमा आवश्यक संशोधन गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित गृहमन्त्रीसँग विपद् संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनमा आवश्यक संशोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित गृहमन्त्रीसँग विपद् संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि नीतिगत र संरचनात्मक सुधार आवश्यक भएको उल्लेख गर्दै विज्ञहरूका सुझावका आधारमा ऐन परिमार्जन गरिने बताए । उनले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन संशोधनका लागि विज्ञहरुका सुझावहरु संकलन गरेर मन्त्रालयमा पठाउन विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन समेत दिए । उनले विपद् जुनसुकै समयमा पनि आउनसक्ने उल्लेख गर्दै विपद् प्रतिकार्य गर्ने राज्यका संरचनाहरुलाई प्रयोगात्मक रुपमा हेर्न नहुनेमा पनि जोड दिए । उनले विपद् पूर्वसूचना प्रणालाई आत्मसाथ गरिदिन राजनीतिक दलहरुलाई पनि आग्रह गरे । उनले विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणालीलाई बलियो बनाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताए ।

विपद् जोखिम न्युनिकरणको विषय सरकारको मात्र नभएको उल्लेख गर्दै उनले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरे ।

प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार १०:१६
हजुरको प्रतिक्रिया