२०८३ साउन २१ गते बिहीबार

शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १८ गते शनिबार १०:०२

यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।

पोखरा ।

अब शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ ।

नेपाल स्टक एक्सचेन्जले सूचना निकालेर नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो ।

आफ्नै कारोबार प्रणाली (टीएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिइएको छ ।

ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने हुन्छ ।

अहिलेसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिने गरिएकोमा राष्ट्रिय परिचयपत्र चाहिने भएको हो ।

यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न नेप्सेले आग्रह गरेको छ ।

बोर्डको निर्देशनअनुसार नेप्सेले सम्पूर्ण कारोबार सदस्यहरूलाई नयाँ खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचय पत्र वा सोको नम्बर अनिवार्य रूपमा संकलन गर्न अनुरोध गरेको छ ।

यो नयाँ नियमले शेयर बजारमा सुरक्षित र भरपर्दो ग्राहक पहिचान प्रणाली लागू गर्ने उद्देश्य राखेको नेप्सेले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले पनि पछिल्लो समय नयाँ खाता खोल्न आउने ग्राहकहरूलाई राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेका छन् ।

 

प्रकाशित मिति २०८२ साउन १८ गते शनिबार १०:०२
हजुरको प्रतिक्रिया