२०८३ असोज २३ गते शुक्रबार

कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षकमा नियुक्त

कलाम अली चितवन राइनोजको मुख्य प्रशिक्षकमा नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १८ गते शनिबार ०७:३२

पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको चितवनले केही साता अघि मात्र आफ्नो लोगो परिवर्तन गरेको थियो ।

काठमाडौं ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

चितवनले शनिवार अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ ।

एनपिएलको पहिलो संस्करणमा चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल र अली सहायक प्रशिक्षक थिए । अली हाल बागमती प्रदेश क्रिकेट टोलीको प्रशिक्षक समेत रहेका छन् ।

पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको चितवनले केही साता अघि मात्र आफ्नो लोगो परिवर्तन गरेको थियो । चितवन इलिमिनेटर खेलमा कर्णाली याक्ससँग पराजित हुदै चौथो स्थानमा रहेको थियो ।

चितवनले मार्की समेत रहेका कप्तान कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दिपक बोहोरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको छ ।

एनपिएलको मिनी अक्सन अर्को शनिवार हुनेछ ।

प्रकाशित मिति २०८२ साउन १८ गते शनिबार ०७:३२
हजुरको प्रतिक्रिया